२०७९ आश्विन १९ बुधबार 1665019039
Uncategorized

गृहनगरमा व्यस्त ओली

झापा- झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार विहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् ।

जिल्ला बसाईको दोस्रो दिन उनले आफ्नो गृहनगर दमकमा बनेको प्रवेशद्वारको उद्घाटन गरेका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधीसभा सदस्य रहेका ओलीले निर्माणाधिन भ्युटावर, दमक सभागृहलगायतका योजनाको अनुगमन पनि गर्ने एमाले नेता होमबहादुर थापाले जानकारी दिए । सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि निर्माण गरिएका घर हस्तान्तरण, केही सडक उद्घाटन तथा दमकमा तीन दिन चलेको स्वास्थ्य शिविर समापनका लागि ओली गृहनगर आएका हुन् ।