१४ बैशाख २०८१, शुक्रबार 1714138417
शिक्षा /स्वास्थ्य

देशभर १ सय ५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

आज देशभर १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ५ सय ४ नमूना परिक्षण गर्दा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३ सय ५४ जना संक्रमित निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेका छन् ।

आज १ लाख ८ हजार एक सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।