२०७९ आश्विन १२ बुधबार 1664364163
Banner

परमादेशीबाट बनेको सरकार हो,  यो तत्काल विघटन हुनुपर्छ : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने बताउनु भएको छ । उहाँले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको पनि बताउनु भयो ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने समेत बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ- ‘यो अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनुपर्दछ । हामीले भनेका छौँ। भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण असंवैधानिक सरकार ढल्नुपर्छ ।’