४ बैशाख २०८१, मंगलवार 1713292878
खेलकुद

खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशमा चन्दको नेतृत्वमा ४९ सदस्यीय प्रदेश कमिटी गठन

काठमाडौं । नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाश कुमार चन्द निर्वाचित हुनुभएको छ । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यक्रमको उदघाटन गर्नुहुँदै नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले युवा तथा खेलाडीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । खेलाडीले खेलका माध्यमबाट देशलाई विश्वभर चिनाउने भएको हुँदा इमानदारीका साथ लाग्नुपर्ने उहाँको भनाइ थियो । यही फागुन १४ गते बागमती प्रदेशमा अधिवेशन सम्पन्न भएको थियो । सोही नीतिअनुरुप सोमबार सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न भएको संघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले बताउनुभयो । यसपछि कर्णाली, मधेस हुँदै झापा पुगेर अधिवेशन समापन हुने अध्यक्ष बस्नेतले बताउनुभयो ।

मुलुक संघीयता गएपछि नेकोसका देशव्यापी रुपमा कमिटी चयन गरिरहेको छ ।