१४ बैशाख २०८१, शुक्रबार 1714128342
Banner

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

काठमाडौँ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता शुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता शुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए ।

वार्ताका क्रममा युक्रेनले दुई माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो । युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको प्रतिक्रिया दिएका थिए । राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन्।