१३ बैशाख २०८१, बिहीबार 1714051379
अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ चयन हुनुभएको छ। कर्पोरेशनको १०१६ औं संचालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

यसअघि स्व. लक्ष्मीदास मानन्धर कर्पोरेशनको संचालक समिति अध्यक्ष हुनुहुन्थ्यो । गत माघ ०६ गते मानन्धरको स्वर्गारोहण भई अध्यक्ष पद रिक्त भएपछि उहाँलाई चयन गरिएको बताईएको छ ।