१२ बैशाख २०८१, बुधबार 1714021948
पर्यटन

महाशिवरात्री पर्वको पुर्वसन्ध्यामा शोभा यात्रा सम्पन्न

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभा यात्रा सम्पन्न भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा यात्रा शुरु भएको थियो ।

यात्रामा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । करिव १ हजार भन्दा वढि ब्यक्तित्वको सहभागी रहेको उक्त शोभा यात्रा पशुपतिनाथको मुल गेटबाट शुरु भई तिलगंगा,गौशाला चोक, जय वागेश्वरी, मित्रपार्क, सिफल , चावहिल चन्द्र विनायक गणेशस्थान परिक्रमा गरी चावहिल चोक गौरीघाट, उमाकुण्ड हुदैं भुवनेश्वरी मन्दिर चोक अघाडि समापन भएको थियो । सोही अवसरमा कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले शिवरात्री पर्वमा विभिन्न उपसमितिहरुले सक्रियताका साथ काम गरिरहेको बताउनुभयो ।