६ जेष्ठ २०८१, आईतवार 1716143836
Banner

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बुझाउने भएको छ । आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ सबै सदस्यको परिणाम आएपछि आयोगले आज सो प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको जानकारी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।