७ बैशाख २०८१, शुक्रबार 1713571862
Banner

एमसीसीको बिरोधमा आज बिप्लब समुहको नेपाल बन्द (विज्ञप्तीसहित)

काठमाडौं । एमसीसीको बिरोधमा बिप्लब समुह सहित ६ दलले आज नेपाल बन्द गर्ने घोषणा गरेका छन् । विप्लब समुहका नेता एवं पुर्वमन्त्री खड्ग बहादुुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हिजो एक विज्ञप्ती जारीगदै १६ गते नेपाल बन्दको निर्णय गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभयो ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका छन् ।