४ जेष्ठ २०८१, शुक्रबार 1715939917
अर्थ

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।