१५ बैशाख २०८१, शनिबार 1714212968
खेलकुद

नेपाल केन्पो खुकुरी मार्टस आर्टस कर्णाली प्रदेशमा शाहीको नेतृत्वमा १३ सदस्यीय प्रदेश संघ गठन

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्टस आर्टस कर्णाली प्रदेशमा ईश्वर शाहीको नेतृत्वमा १३ सदस्यीय प्रदेश संघ गठन भएको छ । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भेलालाइ नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका केन्द्रिय अध्यक्ष तथा एसिया प्रमुख पुर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


भेलालाई संघका केन्द्रिय उपाध्यक्ष गोरख साह र कर्णाली खेलकुद विकास परिषदका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।