२४ बैशाख २०८१, सोमबार 1714985218
Banner

एमाले सचिवालय बैठक च्यासलमा जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे आयोगमा बुझाउनुपर्ने भएपछि प्रमुख शिर्ष दलहरू छलफलमा जुटेका छन् ।