२०७९ मंसिर १५ बिहीबार 1669932164
Banner

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उक्त निर्णयपछि केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने भएको उहाँले बताउनुभयो ।