८ बैशाख २०८१, शनिबार 1713620700
Uncategorized

माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने

नेकपा ( माओवादी केन्द्र)  को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ ।

माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो ।

महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए ।

माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन् । एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए ।