१२ बैशाख २०८१, बुधबार 1713993082
Banner

जबरा र संसदका महासचिवबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ सकिएको हो ।

सो क्रममा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, टिकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले जबरा र निलम्बन फुकुवा पत्र दिने संसदका महासचिवबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाएका छन् भने जबराको महाभियोग निष्प्रभावी नभएको पनि दाबी गरेका छन् ।