८ बैशाख २०८१, शनिबार 1713610057
Banner

संसद्मा एमसीसीबारे भएको छलफल स्वीकृत, प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे

अमेरिकी परियोजना एमसीसीबारे संसद्मा भएको  छलफल स्वीकृत भएको छ ।

सांसदहरूले आ–आफ्नो धारणा राखेपछि अर्थमन्त्री जनार्दन शर्माले त्यसको जवाफ दिएका थिए ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले छलफल संसद्बाट स्वीकृत गरेको घोषणा गरेका छन् ।

अहिले संसद् आधा घण्टाका लागि स्थगित भएको छ । बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।