१३ बैशाख २०८१, बिहीबार 1714061195
Banner

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको आदेश

तनहुँ – जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । आजै शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ। त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ