८ बैशाख २०८१, शनिबार 1713626473
Banner

शर्तै शर्त राखेर दिएको पैसा लिनुहुँदैन : झलनाथ खनाल

काठमाडौं – एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले शतै शर्त राखेर अमेरिकाले दिएको पैसा लिन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताउनु भएको हो ।

एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उहाँले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताउनु भयो ।