६ जेष्ठ २०८१, आईतवार 1716127506
Banner

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणाम अनुसार सिट बाँडफाँड सार्वजनिक गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ।

त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ

यसैगरी जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ ९ सिट जितेको छ।

त्यस्तै नेमकिपाले प्रदेशसभातर्फ दुई सिट, लोसपाले प्रदेशसभातर्फ ३ सिट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ १ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ एक-एक सिट जितेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या: