७ बैशाख २०८१, शुक्रबार 1713533703
Banner

एमसीसी सम्झौता राष्ट्रघाति छ यस्लाई अस्वीकार गरौं : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट अस्वीकार गर्न आग्रह गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले राष्ट्रघाति सम्झौता भएकाले अस्वीकार गर्न आग्रह गर्नुभयो ।

राजनीतिक दलका नेताहरु स्वार्थ र गुटबन्धीमा लागेर पारित गर्न नहुनेमा उहाँको जोड थियो । उहाँले एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।