४ जेष्ठ २०८१, शुक्रबार 1715951279
Banner

महाकालीमा संरचना बनाएको विषयमा परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं । महाकाली नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरिएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको सहमति र समन्वय हुनपर्ने समेत उल्लेख छ ।