१३ बैशाख २०८१, बिहीबार 1714043942
समाचार

सिके राउत र राष्ट्रपति विद्यादेवी भण्डारी बीच शिष्टाचार भेटघाट

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ ।

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससहितका दलहरुबीच दौडधुप चलिरहेका बेला उहाँले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट गर्नुभएको हो ।

सोमबार मात्रै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा वार्ता गर्नुभएको थियो । उहाँलाई सरकारमा ल्याउन गठबन्धन दलहरु जोडतोड गरिरहेका छन्।