७ बैशाख २०८१, शुक्रबार 1713574297
प्रदेश

तराईमा हुस्सु लाग्न थालेपछि चिसो बढ्यो

काठमाडौं -केही दिन देखि तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । जसका कारण चिसो महसूस हुने गरेको छ ।

घाम लागेपछि हुस्सु तथा कुहिरो हट्दै जाने र जाडो पनि कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही समय यता चिसो बढेकाले यसबाट बच्न बिहान र बेलुकाको समयमा विशेष ध्यान दिनु पर्नेमा महाशाखाले जनाएको छ ।
“तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसा प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।