१३ बैशाख २०८१, बिहीबार 1714093727
कला/साहित्य

नायक पल शाह पक्राउ

तनहुँ – जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ। त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ