१२ बैशाख २०८१, बुधबार 1713967955
कला/साहित्य

तुलसी दिवशलाई “तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान” प्रदान गरिने

काठमाडौँ- यस बर्षको ‘तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान’बाट लोक संस्कृतिविद् तुलसी दिवशलाई सम्मान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले हरेक वर्ष नेपाली भाषा तथा लोक साहित्यका साधकहरुको सम्मान गर्दै आएकोमा यस बर्ष प्राध्यापक दिवशलाई यो सम्मान गर्ने निर्णय गरेको हो ।

स्वर्गीय तुलसीमान श्रेष्ठले शैक्षिक, सामाजिक तथा नेपाली लोक साहित्यको क्षेत्रमा पुर्‍याउनु भएको  योगदानलाई चीर स्थायी बनाउने उद्देश्यले “तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान” स्थापना गरिएको हो ।

सम्मानसहित यसबर्ष लोकसंस्कृतिविद् दिवशलाई २५००० रुपैँया प्रदान गरिने स्वर्गीय श्रेष्ठका छोरा डा. निरजमान श्रेष्ठले जानकारी दिनुभयो ।