२० माघ २०७९, शुक्रबार 1675453219
Banner

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। 

 
लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । 

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।