२० माघ २०७९, शुक्रबार 1675454838
पालिका

काठमाडौं महानगरमा जस्ले सरकारी सम्पत्तिमा क्षति पुर्याउछ उसैले तिर्छ

काठमाडौं । अबदेखी काठमाडौं महानगरपरिसरभित्र आन्दोलन गर्दा सरकारी सम्पत्तिको क्षति भएमा आन्दोलनकारीले नै क्षतिपुर्ति व्यहोर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ तेही पार्टी वा समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको जनाएको हो ।

आन्दोलन गर्दा निरन्तर सरकारी सम्पत्तिमाथि नोक्सानी हुने क्रम बढ्न थालेपछि महानगरले यस्तो नियम ल्याउन लागेको हो ।