२५ बैशाख २०८१, मंगलवार 1715082842
Banner

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिनुभएको छ । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाउनुभएको छ ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाउनुभएको छ । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।