२० माघ २०७९, शुक्रबार 1675450980
Banner

आरक्षणको मागसहित आन्दोलनमा उत्रदै सुकुम्बासी

काठमाडौं – सरकारी निकायमा आरक्षणको माग गर्दै सुकुम्बासीहरुले आन्दोलन गर्ने भएका छन् ।

सबै पिछडिएका समूहलाई आरक्षण दिएपनि सुकुम्बासीलाई नदिइएकाले सरकारी जागिरमा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रने मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताएका छन् ।

देशभर ४० लाखभन्दा बढी सुकुम्बासी रहेको दावी गर्दै उहाँले त्यही अनुपातमा राजनीति र सरकारी सेवामा सुकुम्वासीलाई कोटा दिनुपर्ने बताउनुभयो । ‘दलित, पिछडिएका जातजाति, आदिवासी-जनजातिलगायत सबैलाई आरक्षण दिने तर हामीलाई नदिने यो कहाँको न्याय हो ?’ उहाँले भन्नुभयो ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर लिएर गएपछि उनीहरु आन्दोलित छन्।