२१ बैशाख २०८१, शुक्रबार 1714795482
Banner

ग्रेडरको ठक्करबाट छात्राको मृत्युपछि धनगढी तनावग्रस्त

धनगढी – धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।  ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीय वासिन्दा र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीले धनगढीको मुख्य सडक बन्द गर्दै टायर बालेर नाराबाजी गरेका छन् ।