१४ बैशाख २०८१, शुक्रबार 1714139950
खेलकुद

ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । 

स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् । 

ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।  पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको दुई खेलबाट समान ३–३ अंक छ ।