५ जेष्ठ २०८१, शनिबार 1716083057
Banner

प्रधानमन्त्रीका आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रूपमा देखा परेको नेपाली काँग्रेसका नेताहरू प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् । 

मङ्सिर ४गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फकै मत परिणाम आइसकेको छैन । तर, काँग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् । 

काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशाङ्क कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकाङ्क्षीको रूपमा देखिएका छन् । 

प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नुभएको थियो । यस लगत्तै आज बिहानै नेता रामचन्द्र पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्री बन्ने गरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । काठमाडौँ ४ का मतदाताले यस पटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसक्नुभएको छ । 

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटर नेता सिंहलाई आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गर्नुभएको थियो। 

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिनुभएको बताइको छ । अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिनुभएको जनाइएको छ ।