८ बैशाख २०८१, शनिबार 1713647434
खेलकुद

विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो।

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो। लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो।