२१ बैशाख २०८१, शुक्रबार 1714761283
राजनीति

कपिलवस्तु ३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी

काठमाडौँ – कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनु भएको छ।

गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप साहले १८ हजार नौ सय ८२ मत पाउनुभएको थियो ।

गुप्ताले तीन हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।