१५ बैशाख २०८१, शनिबार 1714211243
Banner

देउवालाई प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्ने बचन दिएका छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको बताउनुभएको छ ।

शनिबार राजधानीमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले जसरी पनि संसदबाटै एमसीसी पास गराउछौं भनेर बचन दिएको बताउनुभएको हो । एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल तिब्र पारेपछि दाहाल–नेपाल अत्तालिएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने बताउनुभयो। उहाँले गैर सांसदहरूलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरूले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने पुनः दोहोरयाउनुभयो ।

अध्यक्ष ओलीले सत्तारूढ दलको सेटिङका कारण न्यायालय दिनप्रतिदिन अविश्वासिलो बन्दै गएको आरोप समेत लगाउनुभयो ।