१३ बैशाख २०८१, बिहीबार 1714069135
अर्थ

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ ।