२०७९ आश्विन १९ बुधबार 1665017292
Banner

प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की एमाले अध्यक्ष ओली भेट्न बालकोटमा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट जानुभएको छ

संसद्‍बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उहाँकै निवास जानुभएको हो । बालकोटमा देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा छन् । त्यस्तै एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि वार्तामा सहभागी छन् ।

आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बालुवाटारमा भेट गर्नुभएको थियो ।