१२ बैशाख २०८१, बुधबार 1713998244
Banner

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।


प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिनुभयो । यस अघि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डबीच सिंहदरवारमा भेट भएको थियो । शुक्रबार विहान माओवादी केन्द्रको विस्तारित बैठकले गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुरयाउने सहमति गरेको थियो । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।