८ बैशाख २०८१, शनिबार 1713605449
Banner

कार्यकर्तालाई सम्बोधन गदै एमाले अध्यक्ष ओलीले भन्नुभयो,‘निर्वाचनमा जाने भनेपछि गठबन्धन तर्सिएको छ’

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनमा सहभागी दलका नेताहरू निर्वाचनमा कसरी जाने भनेर तर्सिरहेको बताउनुभयो ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा सहभागी नेताहरूलाई भोक निद्रा लाग्न छोडेका बताउनु भयो ।

उहाँले भन्नुभयो, निर्वाचनको मिति घोषणा भएपछि नेताहरुलाई भोक लाग्न छोड्यो निद्रा लाग्न छोड्यो ।’

कार्यक्रममा अध्यक्ष ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको टिप्पणी गर्नुभयो ।

‘तमासा पनि हदको सिमा नाघर गर्छन्, सरकारमा पनि उनै छन्,’ ओलीले भन्नुभयो, ‘सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’ उहाँले भन्नुभयो ।