६ बैशाख २०८१, बिहीबार 1713442829
Banner

गठबन्धन सकेसम्म जोगाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

‘यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं’, बैठकमा नेता लीलामणि पोखरेलले भन्नुभयो, तर जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।’ एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने उहाँले बताउनुभयो ।