१३ बैशाख २०८१, बिहीबार 1714025531
Banner

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद सचिवालयले सूचना टाँसेर संसद बैठक स्थगित भएको जानकारी दिएको हो । 
आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ  ।

आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारुढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादु्र देउवाले प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल थालेका छन् ।