२०७९ आश्विन १२ बुधबार 1664364634
Banner

स्थानीय तह निर्वाचनका लागि आज एमालेले दल दर्ता गर्दै

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज नेकपा (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा १२ : ३० बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जान लागेको प्रचारविभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

आयोगको कार्यालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि हिजोसम्म आयोगमा २९ वटा राजनीतिक दलले निवेदन दिएको जानकारी गराउनुभएको थियो ।