५ जेष्ठ २०८१, शनिबार 1716078041
Banner

नवराज सिलवाललाई भोट माग्दै एमाले अध्यक्ष ओली ललितपुरमा (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी स्थित छम्पीमा एमाले उम्मेदवार नवराज सिलवाललाई भोट माग्न घरदैलो अभियानमा पुग्नुभएको छ । आज विहान अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित छम्पी पुग्नुभएको हो । भोट माग्दै अध्यक्ष ओलीले एमालेका उम्मेदवार सिलवाललाई जिताउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभयो। ललितपुर क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधिसभा सदस्यमा नवराज सिलवाललाई उठाएको छ । निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तिब्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन् ।