१३ बैशाख २०८१, बिहीबार 1714087716
Banner

ईश्वर पोखरेल र नारायण सिलवालको सफल अवधारणा : जनतासँग जनप्रतिनिधि

कठमाण्डौ । नेपालका नेताहरु निर्वाचनका बेला मात्रै जनताको घरघरमा पुग्ने र मत माग्ने गरेको आरोप लाग्ने गर्दछ । अधिकांश नेताहरु निर्वाचनमा भोट माग्ने बेला मात्रै घरघरमा जाने गरेकाले यस्तो आरोप लाग्नु स्वभाविक हो । तर सबै नेताहरु निर्वाचनमा मात्रै जनताको घरमा पुग्छन् भन्ने होइन । केही नेता निर्वाचन जितेपछि पनि जनताको घरदैलोमै केन्द्रित भएको पाइन्छ । तिनैमध्येका एक हुन काठमाण्डौ क्षेत्र नम्बर ५बाट प्रतिनिधिसभा सदस्य जितेका एमालेका ईश्वर पोखरेल र सोही क्षेत्रको प्रदेशसभा १ बाट विजयी भएका नारायण सिलवाल ।

पोखरेल केन्द्रिय राजनीतिमा धेरै व्यस्त हुनुपर्ने र संघमा समय दिनुपर्ने भएकाले उनकोसमेत प्रतिनिधित्व गर्दै सिलवाल भने कहिलै पनि जनताबाट टाढा भएनन् । सिलवालले आफ्नो ५ वर्षे कार्यकालमा जनतासँग जनप्रतिनिधि कार्यक्रम नै तय गरेर आफ्नो क्षेत्रबाट कहिलै पनि टाढा भएनन् । नीति निर्माणका लागि प्रदेशसभामा समय दिनुपर्ने अवस्थामाबाहेक उनी सधैँ जनतासँग जोडिइरहे ।

उनको क्षेत्रमा पर्ने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४ को जनमार्ग उपभोक्ता समिति, शिवभूमि मार्ग, डीडी क्लब, धुम्बाराही दाहाल गाउँ उपभोक्ता समिति, इशर््वर गल्ली, पर्शुराम गल्ली, धुम्बाराही युवा क्लब, पावन गल्ली टोल सुधार समिति, मुठीदान संकलन समिति, तल्लो वालुवाटार प्रगति टोल, कुमारी टोल विकास समिति, पञ्चकुमारी टोल सुधार समिति, धन्यन्तरी समाज, महालक्ष्मी टोल, जागृति ट्रयाक, प्रतिष्ठान गल्ली, मिलिजुली टोल, चुनदेवी समाज, माथिल्लो टुसाल टोल सुधार समिति, चण्डोल युवा क्लब, नवटोल सुधार समितिमा पुगेर सिलवालले राय सुझाब लिएका थिए । जनताले गरेको प्रश्न र दिएको सुझाबलाई मनन गरेर पोखरेल र सिलवालले विकास निर्माणका कामलाई तीब्रता दिन सफल भए ।

सिलवालले वडाबासीको आवाजलाई सधैँ मध्यनजर गरेर हरेक समस्या समाधानका लागि तत्परता देखाएकै कारण वडा नम्बर ४ मा धेरै विकास निर्माणका काम सम्पन्न भएको छ । निर्वाचन जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्ने मान्यताले उनी सधैँ जनआवाजको नजिक बसिरहे ।

विकास निर्माणका कामका अलावा जस्तोसुकै विपत्ति र महामारीका समयमा पनि उनले जनताको साथ छोडेनन् । कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएका बेला सिलवालले जनताको स्वास्थ्यप्रति चनाखो बने । वडासँगको सहकार्यमा सिलवालले जनताको घरदैलोमा पुगेर राहत वितरण र स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।