२०७९ मंसिर १५ बिहीबार 1669934556
Banner

संसद् बैठक बस्दै, एमसीसीमा छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ ।

बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।