४ बैशाख २०८१, मंगलवार 1713265181
समाचार

स्रोत नखुलेको साढे ९ लाख नगदसहित भारतीय नागरिक पक्राउ  

महोत्तरीको मनरासिसवा नगरपालिका–२ कट्टी गाउँबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला–१४ बस्ने ३० वर्षीय दिपक कुमार चौधरी रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो ।

त्यसपछि मोटरसाइकल चालक चौधरीलाई पक्राउ गरिएको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ ।