१३ बैशाख २०८१, बिहीबार 1714102809
Banner

एमाले अध्यक्ष ओलीसहित शिर्ष नेताहरू बालुवाटारमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुग्नुभएको हो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिताका शीर्ष नेताहरूअघि ओलीले देउवासँग छलफल गर्नुभएको थियो । उहाँहरु बीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो । एमसीसी र सदन खुलाउने विषयमा छलफल हुन लागेको हो ।