१२ बैशाख २०८१, बुधबार 1713946034
राजनीति

सरकारमा बस्नुको औचित्य छैन : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भोलि (शुक्रबार)सम्म सरकारबाट बाहिरिने बताउनु भएको छ । खनालले परिस्थिति हेरेर भोलीसम्ममा सरकार छोड्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा उभिएपछि गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारबाट अलग हुने तयारीमा छन् ।

एमसीसीका विषयमा विपक्षमा उभिने भएपछि सरकारमा बस्नुको औचित्य नरहेकोले सरकार छोड्न लागेको खनालको भनाई छ ।

एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्य मन्त्री छन् । जसमा विरोध खतिवडा स्वास्थ्य मन्त्री,प्रेम आले पर्यटन मन्त्री, किसन श्रेष्ठ श्रम मन्त्री, रामकुमारी झाक्री सहरी विकास मन्त्री छन् ।