६ जेष्ठ २०८१, आईतवार 1716169521
Banner

मोरङको ३ (१) मा उम्मेदवारी दर्ता आज

काठमाडौं । मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) का लागि निर्वाचन आयोगले नयाँ चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मनोनयनको समय तोकिएको छ ।

मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने समय समेत आज बिहीवारलाई नै तोकिएको छ ।
 
कात्तिक २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको निधनपछि अब कांग्रेसले अर्काे उम्मेदवारी दर्ता गर्न आयोगले नयाँ निर्वाचन कार्यतालिका बनाएको छ ।