५ जेष्ठ २०८१, शनिबार 1716093236
राजनीति

काठमाण्डौ क्षेत्र नम्बर ८ मा एमालेको पक्षमा जनलहर

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काठमाडौं क्षेत्र नं ८ मा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ ।

एमाले क्षेत्र नं ८ निर्वाचन परिचालन कमिटीले बुधबार आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा समर्थन देखिएको हो । नेकपा एमाले २४ वडा कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिव सुन्दर राजबैद्य र प्रदेश (क) तर्फका उम्मेदवार राजेश शाक्यले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।

विकाश प्रेमी नेता राजेश शाक्य भएको भन्दै मतदाताले चुनावमा निर्वाचित गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।